१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०८२, १० : ४१
१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

काठमाडौ सरकारले समयमै काम नसक्ने १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १०  निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी अघि बढाएको छ । 

कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नका लागि लेखिपठाए अनुसार काली सूचीमा राख्नु नपर्ने आधार भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । उनीहरूलाई यसअघि ३० दिने समय दिएर स्पष्टीकरण पेस गर्न भनिएको थियो । तर, ती कम्पनी/आपूर्तिकर्ताले तोकिएको समयमा स्पष्टीकरण पेस नगरेको भन्दै पुन: सूचना निकालिएको हो । 

‘तपशीलका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न तपशीलका सार्वजनिक निकायहरूबाट लेखी आएकाले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० (तीस) दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नु भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ, ‘तसर्थ, सो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित स्पष्टीकरण पे; गर्ने हुन सम्बन्धित निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क)को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’

यी निर्माण कम्पनीहरूले जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगरेपछि कालो सूचीमा राख्ने पक्रिया अघि बढाएको हो । जसमा, विशाल होम निर्माण सेवा उदयपुरगढी-७, उदयपुर (मुख्य व्यक्ति: श्री होम बहादुर बस्नेत), मष्टा कन्स्ट्रक्सन एण्ड सप्लायर्स सोरु गाउँपालिका-१०, चैनकवट मुगु (मुख्य व्यक्ति: श्री लक्ष्मी बहादुर मल्ल),  डि.जी इगल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि टोखा-७. काठमाडौं (मुख्य व्यक्ति: श्री रघुनाथ कु‌मार ठाकुर) र विश्वास निर्माण सेवा थाहा नगरपालिका-३ मकवानपुर (मुख्य व्यक्ति: श्री सुन्दर श्रेष्ठ) लगायत छन् । 

प्रतिक्रिया दिनुहोस