काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले अर्थमन्त्री विष्णु पौडेललाई २२ बुँदे माग बुझाएको छ । आइतबार अर्थमन्त्रालय पुगेर बुझाइएको माग-पत्रमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आधारभूत सेवा-सुविधा र सेवाका सर्तहरूमा एकरूपता कायम गर्न भनिएको छ ।
एकीकृत ट्रेड युनियन अधिकार र अवरुद्ध वृत्ति विकासको ढोका खोल्न भनिएको छ । लामो समयसम्म पदोन्नति हुन नसकेको, मासिक तलबमान, मासिक ग्रेड वृद्धि जस्ता सेवा सुविधाबाट वञ्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरिएको छ ।
यी विषयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा समावेश गर्न माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट