काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने न्यायको पर्खाइमा रहेको बताएका छन् । त्रिपाठीले भैरहवा कारागार गएर लामिछानेलाई भेटेका छन् । भेटेपछि त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोध को शिकार रवि जी उच्च मनोबलका साथ न्याय को पर्खाइमा हुनुहुन्छ ।’
खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ता को संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दै रहेको त्रिपाठीले बताएका छन् । उनी अगाडि लेख्छन्, ‘रविजी को बिषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है अन्धेर नहि – चेतना भया ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १२ : १०
लेखकबाट थप