कांग्रेस संसदीय दलको बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, २० बैशाख २०८२, १४ : १७
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसदको ल्होत्से हलमा केहीबेर अघि बैठक सुरू भएको हो ।

कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएका थिए । 

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस