काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोके

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, १२ : ३९
काठमाडौं महानगरको फोहोर बोक्ने २ सय गाडी नुवाकोटका स्थानीयले रोके

काठमाडौं । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् । फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका-१ मा रोकिदिएका हुन् ।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ । ‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले  भनिन् ।

प्रतिक्रिया दिनुहोस