एजेन्सी । म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ । नटिङ्घम फरेस्टलाई आइतबार २–० ले हराउँदै म्यानचेस्टर सिटी लगातार तेस्रो पटक एफए कपको अन्तिम दुईमा पुगेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमा मातेओ कोभासिचले बक्सको किनारामा दिएको पासलाई २० वर्षे रिको लुइसलाई गोलमा परिणत गरे ।
नुनो एस्पिरिटो सान्तोको टोलीले दोस्रो हाफको सुरुवातमा नै बराबरीको अवसर पाएको थियो । क्यालम हड्सन–ओडोईले बक्समा दिएको पासलाई एन्थोनी एलाङ्गाले गरेको पहिलो प्रहार पोष्टको बाहिर गयो ।
त्यसको केही क्षणमै सिटीले अन्तर दोब्बर पार्यो । ५औं मिनेटमा ओमार मारमसको कर्नरबाट जोस्को ग्वार्डिओलले हेडरमार्फत गोल गरे ।
निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप ट्रफी उठाउने आशामा छ । वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ बैशाख २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एफए कप: म्यानचेस्टर सिटी बन्यो उपाधिको बलियो दावेदार
अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरी
म्यानचेस्टर सिटी रियल मड्रिडसँग ३–२ ले पराजित
म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो
हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित
म्यानचेस्टर सिटीको प्रिमियर लिगमा विजयी शुरुवात