कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, १३ : ५४
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं। भारत प्रशासित जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।

पहलगाममा वैशाख ९ गते आतंकवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले सुदीप न्यौपानेलाई न्याय देऊ, हिन्दूको हत्या गर लगायतका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

null

प्रतिक्रिया दिनुहोस