अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

सफल खबर संवाददाता

शनिबार, १३ बैशाख २०८२, १२ : ५०
अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

काठमाडौं। अन्तर्राष्ट्रिय शान्तिवक्ता, लेखक एवम् शान्तिदूत प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा हजारौँ श्रोतालाई सम्बोधन गरेका छन् । ११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसैसाता रूपन्देही र भक्तपुरमागरी दुई वटा कार्यक्रमलाई सम्बोधन गरेका हुन् ।

वैशाख ६ गते रूपन्देहीको सैनामैनामा भएको कार्यक्रममा १ लाख बढी श्रोतालाई सम्बोधन गरे भने भक्तपुरमा भएको कार्यक्रममा उनलाई झन्डै ४० हजारले सुनेका छन् । 

कार्यक्रममा सम्बोधन गर्दै प्रेम रावतले भने, 'हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीनओटा कुरा सबैका लागि समान छन्- पहिलो तपाईँको जन्म भएको छ, दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।'

 

 

 

 

 

 

व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ ? जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक छ । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु नभएर चिन्नु नै आवश्यक रहेको उहाँले बताए । आत्मज्ञान प्रचार संघले यो कार्यक्रमको आयोजना गरेको हो । उपस्थित सबै सहभागीहरूले यस कार्यक्रमबाट भरपुर आनन्द लिए । प्रेम रावत न्युयोर्क टाइम्समा सर्वाधिक बिक्री भएको पुस्तक Hear Yourself का लेखक पनि हुन् । 

 

 

 

आज उनको सन्देश १ सय १० भन्दा बढी देशमा सुन्ने गरिन्छ । उनी हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गरेर आन्तरिक सुख र शान्ति सम्बन्धी व्यावहारिक मार्ग देखाउँछन् ।

उनी 'द प्रेम रावत फाउन्डेसन' (टीपीआरएफ) का संस्थापक पनि हुन् । यस संस्थाले भोजन, पानी र शान्तिजस्तो आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ। यसको पहलस्वरूप ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा हरेक विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्ने गरिन्छ ।

 

null

उनको सन्देशमा आधारित 'पिस एजुकेसन कार्यक्रम' १ हजार ४ सयभन्दा बढी शैक्षिक एवम् अन्य संस्थाहरूमा देखाउने गरिन्छ । यसबाट ५ लाखभन्दा बढी मानिस लाभान्वित भएका छन् । यो कार्यक्रम १ हजारभन्दा बढी जेलमा सञ्चालन भइरहेको छ । यसको प्रभावबाट कैदीबन्दीहरूमा दोहोर्‍याएर अपराध गर्ने प्रवृत्ति घटेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस