नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिकामा रहेको गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले रजत जयन्ती मनाउने भएको छ । गैंडाकोटमा रहेको मुख्य कार्यालयमा सहकारी संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष देवराज पौडेलले रजत महोत्सवको अवसरमा भोलि बुधबार बिहान मधुमेह परीक्षण, शुक्रबार विपन्न विद्यार्थीलाई स्वीटर वितरण गरिने जानकारी दिनुभयो । संस्थाका सचिव विष्णु पौडेलले मंसिर २ गते रक्तदान, ४ गते ट्राफिक सचेतना कार्यक्रम, ८ गते वक्तृत्वकला प्रतियोगिता र १२ गते प्रभातफेरि आयोजना गरिने जानकारी दिनुभयो ।
२०५० साल कात्तिकमा स्थापना भएको गैंडाकोट स्वाभिमान सहकारीमा आठ हजार जना सदस्य छन् । संस्थासँग ७४ करोड कुल पुँजी रहेको, जसमध्ये आठ करोड ८३ लाख रुपैयाँ शेयर पुँजी र ५५ करोड १७ लाख रुपैयाँ बचत रहेको कार्यक्रममा जानकारी दिइएको थियो । ५६ करोड रुपैयाँ ऋण लगानीमा रहेको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०७५, १७ : ५५
लेखकबाट थप