काठमाडौँ । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।
नेपालका संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनका अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि छ महिना भन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गनेछ । यस अधिवेशनलाई बजेट अधिवेशनका नामले पनि सम्बोधन गरिन्छ ।यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि हुने अनुमान छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्री बजेट छलफल हुने जनाइएको छ । यस पटक लामो समयदेखि प्रतीक्षा गरिएका संघीय निजामती ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा पुर्याएन कोसिस हुनेछ ।
संसद् सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता
संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
संघीय संसद्का दुबै बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै