काठमाडौँ । पाकिस्तानमा भएको ८औँ इन्टरन्याशनल पाकिस्तान आर्मी टिम स्पिरिट (पिएटीएस) सैन्य अभ्यासमा स्वर्ण पदक जितेर नेपालको गौरव बढाउने नेपाली सेनाको टोलीलाई जङ्गी अंडामा सम्मान गरिएको छ। प्रधानसेनापति महारथी अशोक राज सिग्देलले ११ सदस्यीय टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरे।
मिति २०८१ चैत २८ देखि २०८२ वैशाख ५ सम्म पाकिस्तानको पञ्जाव प्रान्त, खेरियानमा आयोजित उक्त अभ्यासमा १६ राष्ट्रका २४ टोली सहभागी थिए। शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशलमा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गरेको थियो।
यो प्रतियोगिता सन् २०१६ देखि वार्षिक रूपमा हुँदै आएको छ। नेपाली सेनाले सन् २०२२ मा पनि स्वर्ण पदक जितेको थियो। सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत र अन्य दर्जाका सैनिकको उपस्थिति थियो।
Tags :जंगी अड्डानेपाली सेना
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह