काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरूको सम्बोधन हुनेगरी ल्याइने बताएका छन् ।
आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरूलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानुन संशोधन गरेको उनको जिकिर छ ।
सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न कानुनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए । उनले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गरे ।
अस्थिरतावादी प्रवृत्तिहरू स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताए । "मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन्," उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने