काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरूको सम्बोधन हुनेगरी ल्याइने बताएका छन् ।
आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरूलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानुन संशोधन गरेको उनको जिकिर छ ।
सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न कानुनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए । उनले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गरे ।
अस्थिरतावादी प्रवृत्तिहरू स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताए । "मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन्," उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीको पदभारमा पुगेका शालिकरामले जंगिदै भने- पहिला सचिव फेर्नुस्
अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न मन्त्री र अधिकारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्युतको खपत बढाउन ईभीको कर स्थिर राखेका हौँ: अर्थमन्त्री