काठमाडौ । नेपाल शिक्षक महासंघले आज सोमबारसम्म आन्दोलनको कार्यक्रम फिर्ता नलिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलवारसम्म पनि विद्यालय खुलेनन् भने परीक्षा लिन कठिन हुने जनाएको छ ।
बोर्डले महासंघलगायत सरोकारवाला निकायलाई परीक्षा लिने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि नटेरेर आन्दोलन जारी राखेपछि समस्या परेको हो । परीक्षा स्थगित भए ५ लाख ५३ हजार विद्यार्थीहरू प्रभावित हुनेछन् ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा गर्ने अन्तिम तयारी भए तापनि आन्दोलन फिर्ता नलिएसम्म परीक्षा हुने सम्भावना क्षीण रहेको जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी
परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने युवक पक्राउ
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
भोलिदेखि देशभर कक्षा १२ को परीक्षा सुरु
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक