काठमाडौं । रुसी आक्रमणका कारण ३४ जना मारिनुका साथै ११७ जना घाइते भएको युक्रेनी अधिकारीले जानकारी दिएका छन्। सुमी प्रान्तीय विश्वविद्यालय र यसको सभा हलमा स्कान्डर भेरिअन्ट बिलास्टिक मिसाइल प्रहार गरिएको जनाइएको छ।
घटनाका कम्तीमा दुई बालबालिकाको ज्यान गएको तथा १५ जना बलाबालिका घाइते भएका छन्।
राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यस वर्ष जन्मिएका बालिका समेत घाइते भएको बताएका छन्। रुसले यस घटनाका बारे कुनै जानकारी दिएको छैन। युक्रेनले भने विश्वविद्यालयका २० वटा भवन ध्वस्त भएको जनाएको छ।
जेलेन्स्कीले रुस सधैँ युद्धको पक्षमा रहेको तथा कहिले पनि शान्ति नचाहने देश भएको आरोप लगाए। विश्वविद्यालयको कांग्रेस भवनमा बालबालिकाको तामिल तथा कक्षा सञ्चालन हुने गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु