काठमाडौं । रुसी आक्रमणका कारण ३४ जना मारिनुका साथै ११७ जना घाइते भएको युक्रेनी अधिकारीले जानकारी दिएका छन्। सुमी प्रान्तीय विश्वविद्यालय र यसको सभा हलमा स्कान्डर भेरिअन्ट बिलास्टिक मिसाइल प्रहार गरिएको जनाइएको छ।
घटनाका कम्तीमा दुई बालबालिकाको ज्यान गएको तथा १५ जना बलाबालिका घाइते भएका छन्।
राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यस वर्ष जन्मिएका बालिका समेत घाइते भएको बताएका छन्। रुसले यस घटनाका बारे कुनै जानकारी दिएको छैन। युक्रेनले भने विश्वविद्यालयका २० वटा भवन ध्वस्त भएको जनाएको छ।
जेलेन्स्कीले रुस सधैँ युद्धको पक्षमा रहेको तथा कहिले पनि शान्ति नचाहने देश भएको आरोप लगाए। विश्वविद्यालयको कांग्रेस भवनमा बालबालिकाको तामिल तथा कक्षा सञ्चालन हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप