काठमाडौँ । कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि अनुसन्धानबाट ‘विकसित प्रविधिहरूको प्रभावकारिता र व्यावसायिक किसानले भोग्नुपरेका समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
गोष्ठीमा बोल्दै नार्कका सदस्य डा.राजु कँडेलले किसानका समस्या र नार्कले विकसित गरेका प्रविधिहरूको बिचमा तालमेल मिल्नुपर्ने आवश्यकता रहेको बताए । उनले वैज्ञानिकहरूको किसानसँग प्रत्यक्ष संवादबाट प्रविधि प्रसारमा रहेका चुनौतीहरूको सामना गर्न र प्रविधि विकासका लागि आवश्यक विषय प्राप्त गर्न सजिलो हुने धारणा राखे ।
नार्कका प्रवक्ता एवम् राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले नार्कले विभिन्न कार्यालयमार्फत विकास गरेका प्रविधिहरूलाई गाउँमा विस्तार गरी उत्पादन वृद्धि र कृषि पर्यटनको विकासको लक्ष्य पूरा गर्न सहयोग पुग्ने धारणा राखे ।
सो गोष्ठीमा तनहुँ बरादीका २० जना किसानले आफूले अवलम्बन गरेका प्रविधिबाट उत्पादनमा भएको वृद्धि र बालीनालीका रोग, किरा, माटो, आर्थिक, पशु स्वास्थ्य, पशु आहारा लगायतका विषयमा वैज्ञानिकहरूसँग अन्तर्क्रिया गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो १५ दिने स्पष्टीकरण
होटेलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ भन्दै रास्वपा सांसद कठायतले दिइन् उजुरी
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला