चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ स्थित नारायणी नदीबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले दुई जनाको शव निकालेको छ । ती शव स्थानीय १३ वर्षीया दीक्षा सुर्पेञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जाको रहेको प्रहरीले जनाएको छ ।
उनीहरु चैत २६ गते नदीमा नुहाउने क्रममा डुबेर वेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बुढाथोकीको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।
सो टोलीले स्वप्निलको शव ३५ फिट गहिराइबाट आज बिहान साढे ११ बजे र दीक्षाको शव ५० फिट गहिराइबाट दिउँसो साढे १२ बजे निकाल्न सफल भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीले खतराको तह पार गर्यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा