काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।
मंगलबार नाडा अटो डाईलग २०८१ लाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लोन टु भ्यालु रेसियोमा ६० वा ८० को व्यवस्था राष्ट्र बैंकसँग छलफलगरी समाधान गर्न नाडालाई आग्रह गरे।
हालको व्यवस्था, संसोधन तथा थप गर्ने विषय र त्यसको परिणाम स्पष्ट हुनेगरी सुझाव दिन पनि पौडेलले आग्रह गरेका छन्।
पछिल्लो समयमा ६ लेन र ४ लेनका सडक पूर्वाधार निर्माण गरिरहेको बताउँदै उनले व्यवसायीले कस्ता पूर्वधारलाई प्रथामिकता दिने भन्नेमासमेत सुझाव दिनुपर्ने बताए।
कार्यक्रममा श्रममन्त्री सरदसिंह भण्डारीले गाडीमा भन्सार कर बढाएर मात्रै नभएर अटो मोविलिटीको समग्र क्षेत्र हेरी नीतितय गर्नु पर्नेमा जोड दिए।
नाडा अटोमोबाईल एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारले पूर्वधारमा विगतको तुलनामा बढी जोड दिएपनि नेपालका लागि अझै अपुग रहेको बताए।
नेपालमा एसोसेरिजबाट शुरु भएर चारपांग्रे गाडीका उद्योग स्थापना भएका छन्।
उनले नेपाल सरकारले वैदेशिक मुद्रा सञ्चितिमा चाँप हुँदा गाडी आयातमा कडाई गरेको स्मरण गर्दै अहिले सहज अवस्था हुँदा पनि गाडी आयातलाई खुकुलो बनाउन नसकिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने