बुटवल । कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । सोमबार कारागार चलान हुँदै गर्दा उनले सो प्रतिक्रिया दिएका हुन् ।
उच्च अदालतको आदेशपछि काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको थियो । सबै
आवश्यक प्रक्रिया पश्चात् कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा अदालतको आदेश प्रति के छ प्रतिक्रिया भन्ने सञ्चारकमीहरुको प्रश्नमा उनले भने, ‘केही छैन, केही छैन ,अदालतप्रति सम्मान छ ।’
लामिछानेलाई कारागार प्रशासनले ४ नम्बर ब्लक राखेको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् ।
३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।
लामिछाने शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन
अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
‘अब बालेनले देश बनाउँछ’: रवि लामिछाने
रविविरुद्धको आरोप पत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता