काठमाडौँ । राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।
गुरुङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन् । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले नवीन समझदारीका लागि भृकुटीमण्डपमा प्रदर्शन तथा वृहत् सभा गर्न लागेको छ ।
समितिले राजावादी समूह जोकोहीले गर्ने आन्दोलनमा साथ दिने बताउँदै आएको छ भने राप्रपाले पनि सोही नीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ चैत्र २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने