काठमाडौँ । ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी रहेका छन् ।
एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल समेथ बरामद गरिएकमो जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । साथै ३ थान मोबाइल र एउटा भारतीय एम्बुलेन्स समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ