काठमाडौँ । ललितपुरको भट्टेडाँडाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार मकवानपुरबाट एम्बुलेन्समा लुकाएर उपत्यकातर्फ ल्याउँदै गरेको लागुऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरु २० वर्षीय समीर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षीय नोर्जान खातुन र २२ वर्षीय एम्बुलेन्स चालक मोहम्मद उमर सिद्धिकी रहेका छन् ।
एम्बुलेन्समा लुकाएको अवस्थामा ९४ हजार ट्याब्लेट ट्रामाडोल समेथ बरामद गरिएकमो जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । साथै ३ थान मोबाइल र एउटा भारतीय एम्बुलेन्स समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ