काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशपछि हिजो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बिहान रुपन्देही लगिएको छ ।
लामिछानेलाई यति एयरलाइन्सको पहिलो उडानबाट रुपन्देही लगिएको प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार आज र भोलि सार्वजनिक बिदान भएकाले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ ।
सुप्रिम सहकारीको रकम ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेश लगत्तै प्रहरीले शुक्रबार राति लामिछानेको निवास बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको थियो । गएराति उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो ।
यसअघि माघ १३ गते लामिछाने १ करोड धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालतको आदेश उच्च अदालतले उल्टाइदिएपछि उनी दोस्रो पटक पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने