काठमाडौँ । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ परेका छन् । शुक्रबार राति प्रहरी हेपाली हाइटस्थित उनको निवासमा पुगेर पक्राउ गरेको हो ।
रातको समयमा प्रहरी निवासमा पुगेर रविलाई पक्राउ गरेकोमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले असन्तुष्टि पोखेका छन् । उनले प्रश्न गरेका छन्, ‘ लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ?’
उनले भनेका छन्, ‘रवि लामिछानेलाई गिरफ्तार गर्न प्रहरी लामिछाने निवासमा पुगेको समाचार आएका छन् । अदालतको आदेशको पालना र कार्यान्वयन हुनु पर्नेमा त कुनै द्विविधा छैन । तर, लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन राति कै समय किन रोज्छ ? के टेक्स्ट र एक्सनमा हाम्रो सङ्गति कहिल्यै नहुने हो ?
यता पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले पनि असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाको भनाइ छ ।
शुक्रबार नै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा अदालत पुगेर रवि लामिछानेले बुझे तारेख
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे महन्थ ठाकुर
रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे महन्थ ठाकुर
रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्चमा आज सुनुवाइ हुँदै
रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा न्यायाधीशद्वय रेग्मी र पोरखेलको इजलासमा