काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-१ घर भई बूढानीलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु विक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भीमबहादुर महर रहेका छन् ।
राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भीमबहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्ध तथा भीमबहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ