काठमाडौँ । सुनसरीबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरेको छ । चैत २० मा अपहरणमा परेकी ७ वर्षीय ईशु सदालाई २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।
आरोपीले बालिकालाई सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेका हुन् । अपहरणमा संलग्न आरोपमा प्रहरीले सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको रानीगञ्ज बस्ने साह र ईसुको परिवारको बिचमा चिनजान थियो । बालिकालाई फ्रुटी दिएर उनले सिटी सफारीमा चढाएर लगेको डीएसपी खतिवडाले बताए । तस्करीमा पनि संलग्न जितेन्द्र साह भारतमा नक्कली मदिराको कारोबार गरेको आरोपमा पक्राउ परेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ