काठमाडौँ । सुनसरीबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरेको छ । चैत २० मा अपहरणमा परेकी ७ वर्षीय ईशु सदालाई २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।
आरोपीले बालिकालाई सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेका हुन् । अपहरणमा संलग्न आरोपमा प्रहरीले सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको रानीगञ्ज बस्ने साह र ईसुको परिवारको बिचमा चिनजान थियो । बालिकालाई फ्रुटी दिएर उनले सिटी सफारीमा चढाएर लगेको डीएसपी खतिवडाले बताए । तस्करीमा पनि संलग्न जितेन्द्र साह भारतमा नक्कली मदिराको कारोबार गरेको आरोपमा पक्राउ परेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ