काठमाडौं । सेयर बजार आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजार परिसूचक नेप्से ३.३५ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७०३.३९ अंक पुगेको छ । आज बजारमा ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
बजार बढे पनि आज बजारमा मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ । आज बजारमा १५१ कम्पनीको मूल्य घटेको ९३ कम्पनीको मूल्य घटेको छ ।
त्यस्तै बजारमा आज १३ परिसूचकमध्ये ९ वटा परिसूचक घटेको छ भने ४ वटा बैंकिङ, हाइड्रो, निर्जीवन बीमा र अन्य समूहको परिसूचक मात्रै बढेको छ । अन्य सबै समूह घटको छ । आज बजारमा धेरै पुँजीकरण भएका हिमालयन रिइन्स्योरेन्स तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य बढेकोले समग्र परिसूचक बढेको देखिएको हो ।
बजारमा आज ग्रीन भेञ्चरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोकार रकमका आधारमा पनि आज हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडी रहेका छन् । ती कम्पनीको कारोबार ७१ र ५५ करोड रुपैयाँले भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ चैत्र २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
नेप्सेमा झिनो अंकको सुधार, साढे ११ अर्बको कारोबार
घट्यो नेप्से, साढे १२ अर्बको कारोबार
घट्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
बढ्यो सेयर बजार