काठमाडौंँ। मोटरसाइकल चोरी गरेको आरोपमा ट्राफिक प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-१ घर भई हाल भक्तपुर ठिमी २४ वर्षीय दुर्गाबहादुर दर्लामी रहेका छन् ।
उनको साथबाट च्यासिस नम्बर MD2A36FX7RCG84055 र इन्जिन नम्बर JLXCRG77508 भएको प्रदेश-१-०२,०४५ प २६२४ नम्बरको २०० सीसीको कालो रंगको पल्सर एनएस मोटरसाइकल र त्यसको चाबी बरामद गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी, दीपक गिरीले जानकारी दिए ।
यही चैत १५ गते दिउँसो अन्दाजी ३ बजेको समयमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेस्थित सडक खण्डमा उक्त मोटरसाइकलको चालक र मोटरसाइकल पछाडी बस्ने व्यक्तिले शंकास्पद गतिविधि देखाई उक्त मोटरसाइकल छाडी फरार भएका थिए ।
तत्काल उक्त मोटरसाइकलको सम्बन्धमा बुझ्दा उक्त च्यासिस तथा इन्जिन नम्बर भएको मोटरसाइकलको वास्तविक नम्बर ग.प्र.०३,००१ प ०७२५ खुल्न आएको र सो मोटरसाइकल चैत ७ गते काठमाडौंको टोखा नगरपालिका-७ धापासी भेटघाटचोकबाट हराएको पाइएको छ।
उक्त मोटरसाइकल हराएको भनि गोरखाको शहीदलखन गाउँपालिका-४ बस्ने राजेश रानामगरले खोजतलासका लागि निवेदन दिएको पाइएकोलेको उक्त मोटरसाइकलको चालक तथा पछाडी सवार व्यक्ति खोजतलास गर्दै जाने क्रममा मंगलबार दर्लामीलाई नियन्त्रणमा लिइएको एसपी गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ