काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राजावादीको शुक्रबारको अराजक र हिंस्रक गतिविधिपछि छलफल गर्न देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।
बैठक शनिबार दिउँसो साढे ४ बजे देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्नेगरी बोलाइएको छ । राजसंस्था पुनर्स्थापनाका लागि राजावादीले शुक्रबार काठमाडौंको तीनकुने आपसमा अराजकतापूर्ण गतिविधि गरेका थिए ।
जसमा दुई जनाको ज्यान जानुको साथै धेरै घर, कार्यालय, व्यापारिक केन्द्रमा क्षति भएको थियो । शुक्रबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै लुटपाट र तोडफोडको घटनाको भर्त्सना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा