काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याउन माग गरेको छ । पार्टीको शनिबार बिहान बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले सो निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीले भनेको छ, ‘काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने ।’
त्यस्तै बैठकले पार्टीको केन्द्रीय समिति बैठक २०८१ चैत्र १८ गते पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बोलाउने निर्णय पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)