काठमाडौं। युक्रेनको निप्रो शहरमा रुसी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । रसियाले २० भन्दा बढी ड्रोनहरू प्रहार गरेको बीबीसीले जनाएको छ ।
तर, ती मध्ये धेरैलाई खसालिएको समाचारमा उल्लेख छ । युक्रेनको राजधानी किभलगायत धेरै सहरहरूमा रातभर एयर साइरनहरू सुनिएको थियो।
शुक्रबार राति राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप लगाएका थिए ।
हालै रुसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने आश्वासन दिएका थिए । रुसले पनि युक्रेनले ऊर्जा क्षेत्रमा आक्रमण गरेको लगातार आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु