काठमाडौं। युक्रेनको निप्रो शहरमा रुसी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । रसियाले २० भन्दा बढी ड्रोनहरू प्रहार गरेको बीबीसीले जनाएको छ ।
तर, ती मध्ये धेरैलाई खसालिएको समाचारमा उल्लेख छ । युक्रेनको राजधानी किभलगायत धेरै सहरहरूमा रातभर एयर साइरनहरू सुनिएको थियो।
शुक्रबार राति राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण गरेको आरोप लगाएका थिए ।
हालै रुसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने आश्वासन दिएका थिए । रुसले पनि युक्रेनले ऊर्जा क्षेत्रमा आक्रमण गरेको लगातार आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप