दाङ । एक महिलालाई निर्घात कुटपिट गरिएको छ । घोराही उपमहानगरपालिका-१० की २६ वर्षीया शिला चौधरीलाई घोराही-११ चागुका गोपाल चौधरीका श्रीमती र केही स्थानीय महिलाले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् ।
शिलालाई घरभित्र र बाहिर बिजुलीको पोलमा बाँधेरसमेत कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ ।
प्रहरीका अनुसार पीडित शिलालाई गोपालले साँझ आफ्नो घरमा बोलाएका थिए । घरमा बोलाएका बेला उनको श्रीमतीसमेत विभिन्न व्यक्तिले पहिले घरभित्र कुटपिट गरेका थिए । त्यसपछि लछारपछार गर्दै बाहिर बिजुलीको पोलमा डोरीले बाधेरसमेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।
कुटपिट गरेविरुद्ध प्रहरी कार्यालयमा घटना जाहेरीसमेत दर्ता गरिएको छ । अधिकारकर्मी खुमा खड्काले महिलालाई अत्यन्तै तल्लोस्तरमा दुर्व्यवहार गरिएकाले न्याय दिन प्रहरी कार्यालयमा पहल गरिएको बताइन् ।
घटनाको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार अनुसन्धानका लागि तीन जनालाई हिरासतमा राखिएको छ । 'अनुसन्धान भइरहेको छ । सबै कारण खुलेपछि हामी बताउँछौं, 'अनुसन्धानको लागि सोधपुछ गर्ने काम चलिरहेको छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी