काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ ।
बिहीबार माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताहरूले कुलमान हटाउने सरकारको निर्णयविरूद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘ देशलाई अध्यारो बनाउने षडउन्त्र बिफल पारौं,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।
सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।
कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने