काठमाडौँ । ललितपुरको इमाडोल स्थित ओचुहाइटमा एकजना युवकको हत्या भएको छ ।
रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए ।
गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या