काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
हरि बहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ चैत्र २०८१, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ