एजेन्सी । लखनउ सुपर जायन्टमाथि रोमाञ्चक जित निकाल्दै दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ।
विशाखापटनमा भएको खेलमा दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। लखनउले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले ३ बल अगावै ९ विकेटको क्षतिमा जित निकालेको हो।
दिल्लीको जितमा आशुतोष शमाए नायक बने। उनले ३१ बलमा ५ चौका र ५ छक्का सहयोगमा सर्वाधिक ६६ रनको अविजित पारी खेले। भिपराज निगमले ३९ र त्रिस्तानले ३४ रन थपे। फाफ डु प्लेसिसले २९ रन बनाउँदा कप्तान अक्षर पटेलले २२ रन बनाए।
लखनउका लागि सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्भेस राठी र रवि विश्नोइले समान २ विकेट लिए।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको थियो।
लखनउका निकोलस पुरनले सर्वाधिक ७५ र मिचेलमार्सले ७२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्।
डेविड मिलर २७ रनमा नटआउट रहे। ओपनर एडेन मक्रमले १५ रन बनाए। लखनउका ६ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।
दिल्लीका मिचेलले ३ विकेट लिए। कुलदिप यादवले २ तथा भिपराज निगम र मुकेश कुमारले समान एक विकेट लिए।
आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दैछन्। खेल अहमावादमा राति पौने ८ बजे सुरु हुनेछ। यो खेलपछि लिग चरणको पहिलो राउण्ड सकिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने