काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल गरेका छन् ।
शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् । लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि अदालतहरूमा हिँडेको बताए ।
सँगै उनले भनेका छन्, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन ।’ उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे । ‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’
उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रष्ट पारे । ‘म आवेग, उत्तेजनामा छैन । मुलुक एउटा गम्भीर अवस्थामा आएको छ,’ लामिछानेले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा संकलन
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ
रवि लामिछानेलाई मनिषाको समर्थन
रास्वपाको उदयबाट अत्तालिएकाले मलाइ सिध्याउन भयानक षड्यन्त्र रचे: रवि लामिछाने
रवि लामिछानेको बचाउमा हस्ताक्षर संकलन गर्दै मनायो रास्वपाले स्थापना दिवस
रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता