सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

सफल खबर संवाददाता

शुक्रबार, ०८ चैत्र २०८१, १४ : २२
सावित्रालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब फुटबलका लागि फ्रान्समा रहेकाले उनका बुबाले पुरस्कार ग्रहण गरेका थिए ।

साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् भने युरोपमा खेल्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस