हेटौंडा । मकवानपुरमा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोकिँदा ग्यास बुलेट पल्टिएको छ।
प्रहरीका अनुसार वीरगन्जबाट धादिङको धार्केतर्फ जाँदै गरेको एनएल ०१ एए ५००७ भारतीय नम्बरको ग्यास बुलेट ब्रेक फेल भएपछि विपरीत दिशाबाट आइरहेको ग.१ख ९४८१ नम्बरको ट्रकसँग बिहीबार (आज) बिहान ७:१५ बजे ठोकिएको हो।
दुई गाडी हेटौँडा उपमहानगरपालिका-८ स्थित एचआईडी गेटअगाडि ठोकिएको प्रहरीले जनाएको छ।
ठक्करपछि ग्यास बुलेट सडकमा पल्टिएको हो। तर ट्रक भने पल्टिएन।
दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।
प्रहरीका अनुसार सडक अवरुद्ध पनि भएको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै