काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) सातौँ दिनपनि घटेको छ । गत सातादेखि घट्न थालेको सेयर बजार परिसूचक (नेप्से) मंगलबार ३२.२१ अंकले घटेको छ । यससँगै मंगलबार नेप्से परिसूचक २७१९.२० विन्दुमा झरेको छ ।
यसअघि सोमबार २०.६८ अंकले घट्दा बजार परिसूचक २७५१.४२ विन्दुमा अडिएको थियो । नेप्से घटेपनि झिनो परिमाणमा कारोबार बढेको छ । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजारमा ३२ कम्पनीको मूल्य बढेको छ । २०९ कम्पनीको मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार