काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो ।
सरकारले नसर्ने रोगहरुको पहिचानकालागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत सांसदहरुको मधुमेह, उच्च रक्तचाप, मुगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो ।
सांसदहरुले उक्त अभियानको प्रशंसा गरेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी सांसद कल्पना मियाँ कुसारीले स्वस्थ खानपान र नियमित योगाले स्वास्थ्य ‘रिपोर्ट’ राम्रो आएको बताइन् । उनले भनिन्, “म स्वास्थ्यमा सजग छु । सरकारको यो कदम सराहनीय छ । यस्ता परीक्षण अझै दुरदराजका जनतामा लानुपर्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत दिपक भट्टले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा प्रेरित गरिने बताए । उनका अनुसार आज र भोलि दुई दिन स्वास्थ्य परीक्षण संसद परिसरमा हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक संसद्बाट फिर्ता लिन अनुमति
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने