मस्को । रुसको राजधानी मस्कोमाथि मङ्गलवार बिहान ठुलो मात्रामा ड्रोन आक्रमण भएको छ । साउदी अरबमा अमेरिका र युक्रेनी प्रतिनिधिमन्डलहरूले शान्ति वार्ता थाल्न केही घण्टा अघि यो आक्रमण भएको हो ।
रुसी सुरक्षा बलले कम्तीमा ६९ वटा युक्रेनी ड्रोनहरू खसालेको मस्कोका मेयर सर्गेई सोब्यानिनले भनेका छन् । यस आक्रमणको क्रममा मस्को वरपरका रामेन्स्की र डोमोडेडोभो जिल्लाहरूमा मात्रै कम्तीमा ११ वटा ड्रोनहरू खसालिएका थिए ।
ड्रोनको आक्रमणमा परेर मस्कोमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको रुसी अधिकारीहरूले भनेका छन् । यस समयमा, मस्कोतर्फ अघि बढिरहेका धेरै ड्रोनहरूलाई सुरक्षा बलले ध्वस्त पारेको उनले बताए ।
यो आक्रमण रुसले युक्रेनमाथि आक्रमण गरेयताको सबैभन्दा ठुलो भएको बताइएको छ । यस समयमा भ्नुकोभो, शेरेमेत्येभो र झुकोभस्की विमानस्थलहरूमा उडानहरू अस्थायी रूपमा रोकिएको थियो ।
डोमोडेडोभो रेलवे स्टेसनमा रेल सेवा पनि अस्थायी रूपमा अवरुद्ध भएको थियो । एउटा भवनको छानामा सामान्य क्षति पुगेको छ । मङ्गलवार साउदी अरबमा अमेरिकी विदेश मन्त्री मार्को रुबियोसमेतको टोलीले युक्रेनी प्रतिनिधिमण्डल भेट्दै छन् ।
वार्तामा रुससँगको शान्ति समझौताका लागि युक्रेन के कस्तो कुरा सहन तयार छ भनेर रुबियोले सुन्न चाहेका छन् । युक्रेनले रुसले कब्जा गरेका केही भूभाग माया मार्नु पर्ने रुबियोले भन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु