दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ ।
आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । हेडरेस टनेल खनेरपेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।
तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा भने खासै प्रगति भएको छैन । वन क्षेत्रका कारण विलम्ब भएको आयोजना प्रमुख भण्डारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ फागुन २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो
तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग
तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो
वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना