काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्युनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाएका छन् ।
मंगलबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नर्सहरू पनि श्रमिक भएकाले न्युनतम तलब सबैले पाउनुपर्ने भनाइ राखे ।
‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्युनतम तलब पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने, उनीहरू पनि श्रमिक हुन् । फरक होइनन्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
देशमा अहिले समस्या नै नभएको अवस्था नरहेको जिकिर गर्दै उनले समानता र समाजवादको विकसित रुप आइनसकेको जिकिर गरे । ‘समस्या नभएका होइनन् । हामी धेरै विकसित अवस्थामा पुग्यौं, अहिले पनि समानताको स्थिति आइसक्यो, समाजवादको पनि विकसित रुप आइसक्यो, त्यो होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि न्युनतम ज्यालाका लागि लड्नु परेको छ । अहिले पनि कतिपय गैरसरकारी अस्पतालहरूमा म सुन्छु, हो कि होइन मैले अलिकति अध्ययन गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्: प्रधानमन्त्री ओली
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली
एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो: प्रधानमन्त्री
केही स्वार्थीहरुलाई एमालेको महाधिवेशन लागेको छ, हाम्रो मिसन २०८४ हो : प्रधानमन्त्री ओली