अर्घाखाँची । करणी गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पुरुषलाई प्रकाउ गरेको छ । अर्घाखाँचीमा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पुरुषलाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बस्यालले एक वर्षअघि क वर्गकी अपाङ्गता भएकी २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । पीडित महिलाले तीन महिनाअघि छोरालाई जन्म दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ
हाडनाता करणी मुद्दामा महिला पक्राउ
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ