काठमाडौं । नेकपा (माओवादी केन्द्र)को गत फागुन १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस अभियानको केही कार्यक्रम फेरि हेरफेर भएको छ ।
शनिबार मात्रै एक दिन तलमाथी गदै कार्यक्रम फेरेको माओवादीले आइतबार बिहानै फेरि थप तीन दिनको कार्यतालिकामा हेरफेर गरेको हो ।
माओवादीले महोत्तरी देखिका कार्यक्रममा तालिका हेरफेर गरेको छ । अभियानको कार्यतालिका हेरफेर गरेर आज धनुषाको कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किदैछन् ।
सत्तासिन दल एमाले र कांग्रेसका बीचमा दलविभाजन सम्वन्धी विधेयक बुधबारसम्म संसदमा दर्ता गराउने, सरकारले जारी गरेको र संसदमा पारित गराउन नसकिरहेको अध्यादेशहरु मधेस केन्द्रीत जसपा र लोसपालाई मनाउन अधिकतम प्रयास गर्ने जस्ता समझदारीका साथ छलफल अगाडी बढिरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड अभियानको कार्यतालिका हेरफेर गरेर काठमाडौं आउन लागेका हुन् ।
यद्यपी माओवादीले अभियान चलिरहेका स्थानमा जनताका स्थानीय पर्वहरु परेको, समाजवादी मोर्चाका पनि थप केही कार्यक्रमहरु रहेकोले केही दिन कार्यतालिकामा संसोधन गर्नुपरेको बताएको छ ।
दलविभाजन सम्वन्धी अध्यादेश नै केपी ओली नेतृत्वको सरकारले ल्याउन चाहेपनि नसकेपछि विद्येयकका रुपमा आउन लागेको हो । यो विद्येयकका विषयमा कांग्रेसभित्रै मता विभाजित छ । दल विभाजनको प्रावधानलाई खुकुलो बनाएर ल्याउन लागिएको विद्येयकले अन्ततः कांग्रेसलाई भन्दा एमालेलाई नाफा हुने गरी ल्याउन खोजिएको बुझाईमा कांग्रेसका शेखर कोइराला पक्षधर नेताहरु छन् ।
यसलाई मान्न नसकिने र साना दलहरुलाई पेल्ने रणनीतिमा सत्तासिन दल रहेको कांग्रेसको शेखर पक्षधरको बुझाई छ । राजनीतिक घटनाक्रम तीव्र उतारचढावका साथ अगाडी बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादीले अभियानको कार्यतालिका हेरफेर गरेर अध्यक्ष प्रचण्ड काठमाडौं आउन लाग्नुलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।
प्रचण्ड लगायत माओवादीका बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव लगायतको सिंगो पदाधिकारी टोली अहिले अभियानमा प्रचण्ड सँग सँगै जनताका वीचमा पुगिरहेको छ ।
माओवादीले फेरेको कार्यतालिका अनुसार, अव महोत्तरीमा फागुन २२, सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५ र पर्सामा फागुन २६ मा अभियान चल्नेछ । त्यस्तै चितवनमा फागुन २७, नवलपरासी पूर्वमा चैत २, नवलपरासी पश्चिममा चैत ३, रुपन्देहीमा चैत ४कपिलवस्तुमा चैत ५ दाडमा चैत ६ बाँकेमा चैत ७ र बर्दियामा चैत ८ मा अभियान चल्नेछ ।
त्यस्ते चैत ९ मा समाजवादी मोर्चाको जनकपुरमा जनसभा रहेकोले उक्तदिन अभियान चल्ने छैन । त्यसपछि सूदुरपश्चिम प्रदेशमा चैत ११ मा कैलाली र चैत १२ मा कञ्चनपुरमा पुगेर अभियान समापन हुने माओवादीले जनाएको छ । यस अगाडी माओवादीले चैत ७ मा अभियान सक्ने तयारी गरेको थियो । फेरिएको कार्यकतालिका अनुसार अब चैत १२ मा मात्र माओवादीको पहिलो चरणको हुलाकी मार्ग केन्द्रीत अभियान समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन