आगलागीबाट तीन जना घाइते

आइतबार, १८ कार्तिक २०७५, ११ : ५७
आगलागीबाट तीन जना घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ धुञ्चेपाखामा आज बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । 
घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उहाँको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । बिहान ग्यास बाल्ने क्रममा आगलागी भएको बताइएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस