सुनसरी । नेकपा एमाले निकट खेलकुद महासंघ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत संघसंस्थाको नेतृत्व तहमा रहेका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्ने अन्य नेता तथा कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्वजिल्ला उपाध्यक्ष राजीव चौधरी, एमाले गढी गाउँपालिका–६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाका भरतपुर सेक्रेटरी ढकालसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश
राजावादीमा नेतृत्वको खोजी : चन्द, सुवेदी की गुरुङ को बन्छन् नेता ?
कानुन निर्माणबारे प्रमुख चार दलका नेताहरूबीच छलफल
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा पेसी
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका नेता अशोक राई नेतृत्वको पार्टीमा प्रवेश