काठमाडौँ । ११८ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका ११८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली नेपालबाट इलाकातर्फ प्रस्थान गरेको हो ।
सेनानी कपिल कुमार सिंहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा उनीहरू मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली