इन्द्रवती समाज चितवनको गठन

सफल खबर संवाददाता

शनिबार, १७ कार्तिक २०७५, १२ : ३४
इन्द्रवती समाज चितवनको गठन

चितवन । सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लाबाट चितवनमा लामो समयदेखि बसोबास गर्दै आएका समुदायहरुले शनिबार भरतपुरमा गरेको भेलाले पुष्प धितालको संयोजकत्वमा इन्द्रवती चितवन समाज तदर्थ समिति गठन भएको छ । यसरी तदर्थ समितिको सह–संयोजकमा रामेश्वर पराजुली सचिवमा विष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा सन्तकुमार लामिछाने, सह–सचिवमा दामोदर पुराजुली र सदस्यहरुमा नवराज ढकाल, अर्जुन धिताल र हरिप्रसाद आचार्य रहेका छन् । 
त्यस्तै गरी सल्लाहाकारहरुमा पुर्णवहादुर पौडेल, कृष्णप्रसाद धिताल, कृष्णप्रसाद आचार्य र विष्णुप्रसाद धिताल चयन गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेबाट चितवनमा वसोवास गरेकाहरुलाई आपसी भाइ–चार र सम्बन्ध सूमधुर राख्ने हेतुले इन्द्रावती समाज चितवन गठन गरिएका संयोजक धितालले बताए 
 

प्रतिक्रिया दिनुहोस