बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले यात्रुवाहक बसमा गोलाबारी गरेका छन्। त्यसपछि आक्रमणकारीहरूले मानिसहरूलाई बसबाट बाहिर निकालेर गोली हानी हत्या गरेका हुन्।
यो आक्रमण मंगलबार र बुधबारको बिचमा भएको थियो । बरखानका उपायुक्त वकार खुर्शीदले बताएअनुसार अज्ञात आक्रमणकारीहरूले क्वेटाबाट लाहोर जाँदै गरेको यात्रु बसलाई निशाना बनाएका थिए।
आक्रमणकारीहरूले सात जनालाई बसबाट निकालेर हत्या गरेको उनको भनाई छ। प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबको बासिन्दा भएको पत्ता लागेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए