प्रदेश मन्त्री स्थापित पदमुक्त

सफल खबर संवाददाता

शुक्रबार, १६ कार्तिक २०७५, १६ : ३४
प्रदेश मन्त्री स्थापित पदमुक्त

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई हटाउनु भएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गर्नुभएको हो । 

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

यो पनि

मिलेर जानाको विकल्प छैन : प्रदेशमन्त्री स्थापित

प्रतिक्रिया दिनुहोस